सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेद्वार भरत पोखरेललाईपछि पार्दै सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्बाचनबाट सचिवमा तोनु घोताने, सहसचिवमा भिष्मराज भण्डारी, कोषाध्यक्षमा डीला खरेल र युवा संयोजकमा विजय शर्मा निर्वाचित भएका छन् ।
१० जना प्रतिस्पर्धीको रुपमा उभिएको आईसीसी सदस्यमा भने डा. राजु अधिकारी, केशव सापकोटा, इश्वर कुइँकेल, बालचन्द्र भट्टराई र प्रकाश जिसी निर्वाचित भएका छन् । उक्त निर्वाचनमा ५ हजार जना सहभागी भएका थिए ।















प्रतिक्रिया