काठमाडौं, २० असार । अवैध यार्सागुम्बासहित एक महिला काठमाडौंमा पक्राउ परेकी छिन् ।
दोलखा घर भएकी २८ बर्षीया सुस्मिता लामालाई प्रहरीले ४ सय ५५ ग्राम यार्सागुम्बा सहित शनिबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका१ स्थित विश्वनाथ पुडासैनीको घरमा डेरा गरी बस्ने लामालाई उनकै कोठाबाट लुकाईछिपाई राखिएको उक्त परिणामको यार्सागुम्बा फेला पारी नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया