२९ आश्विन २०८३, बिहिबार

‘टेन्सन’ लिने महिला किन चाँडै मर्छन् ? यस्तो छ कारण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tensionकाठमाडौं । पछिल्लो प्रविधियुक्त समाजमा तनावरहित मानिस पाउनै मुश्कील छ । हरेक मानिसमा केही न केही विषयले तनाव ‘टेन्सन’ दिएको हुन्छ । फरक सानो ठूलोको मात्रै हो । टेन्सन लिने पुरुष भन्दा महिलालाई ज्यादा असर हुने बताइएको छ ।

विश्वका अधिकांश देशमा गरिएको एक अध्ययन अनुसार लामो समयसम्म तनाव र उदासीले जेलिने पुरुष भन्दा महिलाहरुको जीवन छोटो हुँदै जान्छ । किनकि उनीहरुमा ‘क्लोथो’ हर्मोनको स्तर एकदमै कम हुन्छ । यो हर्मोनले उमेरलाई नियन्त्रण गर्ने काम गर्छ । तर, टेन्सनले उमेर नियन्त्रण गर्ने हार्माेन मात्रा एकदमै कम हुन्छ ।

ट्रान्सलेसन साइक्रियाटी जर्नलले प्रकाशित गरेको अनुसन्धान रिपोर्टमा टेन्सनको जिन्दगी गुजारिरहेका ९० जना र सामान्य तनाव भएका ८८ जना महिलामा गरिएको यो अनुसन्धान थियो ।

अध्ययन अनुसार उदासीको लक्षण भएका महिलाहरुको रगतमा क्लोथो हर्मोनको स्तर धेरै कम पाइइएको थियो । क्लोथो हार्मोनको सम्बन्ध स्थायी तनाव र अकाल मृत्युसँग हुने गर्छ । मेडिकलको मान्यता अनुसार यो हर्मोन स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हो । एजेन्सी