२९ आश्विन २०८३, बिहिबार

यस्तो ठाउँ जहाँ महिलाले गर्भवती हुन पनि स्वीकृति लिनुपर्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pregant-womenकाठमाडौं । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीहरु गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने योजना बनाएको जनाएको छ । उसको योजनासँगै कम्पनीप्रति चिनियाँ सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा घृणा उब्जाएको छ ।

हेनान प्रान्तको एउटा वित्तीय संस्थाका कामदारहरुलाई बच्चा जन्माउने तालिकाबारे समेत निवेदन दिनुपर्ने प्रस्तावित योजनामा ल्याएको छ । एक वर्षभन्दा बढी समय काम गरेका युवतीले मात्र यस्तो निवेदन दिन सक्नेछन् ।

राजधानीले अगाडि छापेको छ-‘कम्पनीको स्वीकृतिविना गर्भवती भएमा उनीहरुलाई सजाय दिन सकिने पनि चेतावनी दिइएको छ । सो योजनालाई लिएर सामाजिक नेटवर्क र सरकारी सञ्चारमाध्यममा तिरस्कार गरिएको छ ।

सो कम्पनीले आफ्ना कामदारलाई मानवभन्दा पनि उत्पादनको औजारको रुपमा व्यवहार गर्न थालेको चाइना डेलीमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् । एजेन्सी