काठमाडौं । ब्यूटी पार्लरमा पतिसँग मिलेर युवतीको अश्लील भिडियो बनाउने सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
यो घटना इन्दौरको हो जहाँ जेन्ट्स पार्लर बन्टी वर्मा र लेडीज पार्लर उनकी पत्नी रिंकू वर्मा चलाउथे । जहाँ आर्थिक अभावका कारण १९ वर्षीय एक युवतीले ब्यूटी पार्लरमा जागिर गर्न सुरू गरेकी थिईन् । एक दिन मौका पाएर बन्टीले जूसमा नशालु पदार्थ मिसाएर पिलाए र युवतीको अश्लील भिडियो बनाए ।

त्यसपछि उक्त भिडियोलाई वाट्सएप र इन्टरनेटमा सार्वजनिक धम्की दिएर युवतीलाई दिनहुँ बलात्कार गर्न थाले । यो काममा उनकी पत्नी रिंकूले पनि साथ दिएकी थिईन् । यो घटनाबाट युवती यति पीडित भईन् कि उनले सबै कुरा घरपरिवारलाई बताईन् । त्यसपछि युवतीका परिवारले प्रहरीमा यो घटनाको उजुरी दर्ता गरे ।

प्रहरीले यो उजुरीमा तुरुन्त कारवाही गर्दै ब्यूटी पार्लरका मालिक र उनकी पत्नीसहित पाँच जनाविरुद्ध मुद्दा गरेर गिरफ्तार गरेको छ । प्रहरीले अहिले सबै आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले यो घटनाको अनुसन्धान गर्न स्पेशल टिम समेत गठन गरेको छ । एजेन्सी













प्रतिक्रिया