३० आश्विन २०८३, शुक्रबार

नेपाल यसरी प्रवेश गर्‍यो विश्व वरीयतामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ ।

शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ ।

नेपालले शनिबार अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्‍यो । यद्यपि नेपालले शृंखला ३–१ ले गुमायो ।

नेपाल पहिलो तीन खेलमा क्रमशस् १८, १ सय ३ र १८ रनले पराजित भएको थियो ।

विश्व वरियतामा प्रवेश पाउन कम्तिमा ८ खेल खेल्नुपर्ने प्रावधान छ । नेपालले गतवर्ष बंगलादेशमा विश्व ट्वान्टी–२० मा तीन खेल खेलेको थियो ।

त्यसमा हङकङ र अफगानिस्तानसँग विजय हात पार्दै जुझारु प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई ट्वान्टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो ।

गतवर्षको जुनमा आईसीसीले नेपाललाई सो मान्यता दिए पनि नेपालले पछिल्लो १ वर्षमा श्रीलंका गएर हङकङसँग १ खेलमात्र खेलेको थियो ।

तर नेदरल्यान्ड्ससँगको ४ खेलपछि नेपालले आईसीसीले तोकेको ८ खेल खेल्दै विश्व वरियतामा छिर्नेछ । नेदरल्यान्ड्स अहिले १२ औं स्थानमा छ ।

नेपालले आईसीसीको नयाँ वरियतामा १४ औं स्थानमा रहेको जिम्बावेलाई उछिन्ने निश्चित छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले ८ खेल खेलेको छ र त्यसमा ३ विजय र ५ पराजयको नतिजा निकालेको छ ।