३० आश्विन २०८३, शुक्रबार

‘नेपालको पुनर्निर्माणमा गैरआवासीय नेपालीको सहयोग आवश्यक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrnr-ukलण्डन । गैर आवासीय नेपाली अन्र्तराष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछानेले मुलुकको विकासका लागि गैरआवासीय नेपालीहरुको जिम्मेवारी थप बढेको बताएका छन् ।

विहिबार एनआरएनए युकेले लण्डनस्थित ब्लु आर्किड रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भूकम्पबाट क्षतिग्रस्त मुलुकको पुनर्निर्माण गर्न सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

भूकम्प गएपछि गैरआवासीय नेपाली संघले आव्हान गरेको तत्काल राहत संकलनमा संसारभरका गैरआवासीय नेपालीहरुको उत्साहजनक साथ, समर्थन र सहयोग पाएको लामिछानेले बताए । उनले बर्तमान कार्यसमिति र विशेष गरी अध्यक्ष शेष घलेको काम अत्यन्तै सह्रानीय रहेको औंल्याएका थिए ।

पारिवारिक भ्रमणको शिलशिलामा बेलायत आइपुगेका लामिछानेले नेपाल सरकार र नेपाली जनताको अपेक्षा पनि गैरआवासीय नेपालीहरुप्रति रहेको दोहो¥याउंदै अहिले मुलुकका लागि केहि गरेर देखाउने बेला भएको उल्लेख गरे ।

कार्यक्रममा देशान्तर साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार कवीर राणाले संविधानको मस्यौदामा एनआरएनले उठाएको माग पुर्ण रपमा नसमेटिइएको जिकिर गरे । उनले विश्वका अधिकांश मुलुकको संविधानमा व्यवस्था भए अनुरुप नेपालले पनि गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार विहिन नागरिकता दिएको हुन सक्ने औंल्याए ।

प्रतिस्पर्धाको जमानामा आफ्नो लगानी सुरक्षित गर्न पनि राजनीतिक अधिकार सहितको नागरिकता आवश्यक रहेको बताउंदै उनले अझैपनि सरकारलाई दबाब दिन सुझाए ।