जनकपुरधाम । सफाइको अभाव, सेवाको पहुँचको कमी, कलिलो उमेरमा विवाह बच्चा पाउनुलगायत कारणले धनुषामा पाठेघर खस्ने समस्या उच्च रहेको पाइएको छ ।
नेपाल परिवार नियोजन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको दुईदिने पाठेघरसम्बन्धी जाँच तथा क्यान्सरको उपचार कार्यक्रममा
ग्रामीण क्षेत्रका ६० प्रतिशत महिला सहभागी थिए । सो उपचारबाट ३६० महिला पाठेघरसम्बन्धी जाँच गराई स्वास्थ्य लाभ लिन सफल भएका छन् ।
तीमध्ये १० महिलाको पाठेघरमा क्यान्सर रोग पोजेटिभ देखिएकामा चार जनाको उपचार गरिएको थियो । उपचार गराउन आउने महिलामध्ये यौनकर्मी महिलामा पाठेघरको क्यान्सर बढी भएको नेपाल परिवार नियोजन सङ्घ जनकपुरका वरिष्ठ शाखा प्रबन्धक रामबहादुर कार्कीले बताउनुभयो ।
सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघर बाहिर आउने, महिनावारी अनियमित हुने, बढी रक्तश्राव हुने जस्ता लक्ष्ण देखिएका महिलालाई परिवार नियोजन सङ्घले निःशुल्क सेवा दिँदै आइरहेको छ । जिल्लामा खासगरी ३० देखि ६० वर्ष उमेरका महिलामा पाठेघरको बढी सङ्क्रमण देखिएको छ ।













प्रतिक्रिया