३० आश्विन २०८३, शुक्रबार

नेदरल्यान्ड्समा नेपाल ‘गर या मर’को अवस्थामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Cricket_03काठमाडौं, १७ असार । नेदरल्यान्ड्समा जारी नेपाल र नेदरल्यान्ड्सबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आजको तेस्रो खेलमा नेदरल्यान्ड्सले टस जिती पहिले ब्याटिङ सुरु गरेको छ ।

नेपाल यसअघि खेलिएका दुई खेल हारेर चार खेलको शृङ्खलामा २-० ले पछाडि परेको छ । यसर्थ शृङ्खलालाई बराबरी गर्न आजको खेल नेपालका लागि गर या मरको अवस्थामा रहेको छ ।

प्राप्त पछिल्लो जानकारीअनुसार नेदरल्यान्ड्सले १० ओभरमा दुई विकेट गुमाई ६३ रन बनाएको छ । नेपालका लागि करन केसीले नेदरल्यान्ड्सका राहिल अहमदलाई व्यक्तिगत १३ रन र सागर पुनले बेन कुपरलाई ८ रनमा आउट गरेका छन् । अहिले क्रिजमा स्टिफेन माइबर्ग (३१) र वेस्ले बारेसी (१०) रहेका छन् ।

आजको खेलमा नेपाली टोलीका कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, विनोद भण्डारी, शरद भेषवाकर, सागर पुन, शक्ति गौचन, सोमपाल कामी, प्रदीप ऐरी, वसन्त रेग्मी र करन केसी छन् । रासस