– नरेश केसी
भैरहवा, १७ असार । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस(जुलाई २) को अवसरमा रुपन्देहीका पत्रकार र उद्यमीहरुले खेल पत्रकार सुमन बम्जनलाई सम्झदैं मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेका छन् ।
जिल्ला सदरमुकाम भैरहवा स्थित पक्लिहवा फुटबल ग्राउण्डमा भएको मैत्री पुर्ण फुटबल प्रतियोगितामा उद्यमीहरु विजयी भएका छन् । गत बैशाख १२ गते गएको महाभूकम्पमा परी ज्यान गुमाएका खेलपत्रकार सुमन बम्जनको सम्झनामा आयोजीत उक्त मैत्री पुर्ण खेल भैरहवामा क्रियाशील संचारकर्मी र भैरहवा लुम्बिनी औद्योगिक करिडोरमा रहेका बिभिन्न उद्योगका महाप्रबन्धकहरुको टिम म्यानेजर्स गु्रपकाबीच भएको थियो । मिडिया टिमको संयोजन हाम्रो मिडिया एजेन्सीले गरेको थियो ।
उक्त खेलमा म्यानेजर्स टिमले मिडिया टिमलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । म्यानेजर्स टिमबाट सुरज उप्रेती (एसआर स्टिलका प्रबन्ध निर्देशक)ले २ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपाल अम्बुजा सिमेन्टका महाप्रबन्धक राजकुमार गुप्ता र एसआर स्टिलका प्रबन्धक राम राउतले गोल गरेका थिए । खेल सुरु भएको १० मिनेटमा राजकुमार गुप्ताको गोलले अग्रता लिएको म्यानेजर्स टिमका लागि १८ औं मिनेटमा सुरज उप्रेतीले दोस्रो गोल गरेका थिए । मध्यान्तर सम्म २ गोलले अग्रता लिएको म्यानेजर्स टिमका लागि उप्रेतीले ३८ मिनेटमा तेस्रो गोल गरे ।
४२ मिनेटमा उमेश थापाले (हाम्रो मिडिया) मिडिया टिमका लागी पहिलो गोल गर्दै खेललाई ३–१को स्थितीमा ल्याए भने ४८ मिनेटमा अन्नपुर्ण पोष्टका कृष्ण प्रसाद खनालले गोल फर्काउदै अन्तर ३–२ बनाउन सफल भए । ५३ मिनेटमा म्यानेजर्शका तर्फबाट एसआर स्टिलका राम राउतले गोल गर्दै ४–२को अग्रता दिलाए । ५६ मिनेटमा मिडिया टिमका लागि हाम्रो मिडियाका गणेश केसीले गोल गर्दै ४–३ अन्तर बनाए ।
खेलमा बिजेता उप बिजेता टिमलाई रुपन्देही फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) र प्रतियोगिताका अध्यक्ष सिद्धार्थ सिमेन्टका महाप्रबन्धक अरुण अग्रवालले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताका अध्यक्ष सिद्धार्थ सिमेन्टका महाप्रबन्धक अरुण अग्रवाल, नेपाल अम्बुजा सिमेन्टका महाप्रबन्धक राजकुमार गुप्ता, सुप्रिम सिमेन्टका महाप्रबन्धक सरोज पौडेल, ब्रिज सिमेन्टका महाप्रबन्धक रबी रञ्जन गुप्ता, अर्घाखाँची सिमेन्टका नायब महाप्रबन्धक कृष्ण पाण्डे, अम्बे स्टिलका महाप्रबन्धक नबिन अधिकारी, एसआर स्टिलका प्रबन्ध निर्देशक सुरज उप्रेती, जगदम्बा स्पीनिंगका बिजय खरेल, जगदम्बा सिन्थेटिक्सका कृष्ण कुंवर लगायतले उपबिजेता टिमका खेलाडीलाई मायाको चिनो र उप बिजेता ट्रफी प्रदान गरेका थिए ।
सन्चारकर्मीको टिम व्यवस्थापन कान्तिपुरका उपसम्पादक माधव ढुंगानाले गरेका थिए भने टिमको क्याप्टेनसीप कारोबारका मनोरन्जन शर्माले गरेका थिए । यसैगरी सञ्चारकर्मीहरु कमल रायमाझी, श्याम शंकर पाण्डे, नरेश केसी, कृष्ण ढकाल, माधव न्यौपाने र पुनहरि बेल्वासे, सलमान खान, विवेक विश्वकर्मा, कन्हई यादव, उमेश थापा, गणेश केसी, विमल फिल्डमा उत्रेका थिए । गत बर्ष पनि हाम्रो मिडिया एजेन्सीले मैत्रीपुर्ण खेल आयोजना गरेकोे थियो । यस बर्षको मैत्रीपुर्ण खेल खेलपत्रकार सुमन बोम्जनको नाममा समर्पित गरिएको थियो ।


















प्रतिक्रिया