३० आश्विन २०८३, शुक्रबार

‘मेरो कार्यकालमा खेलकुद् क्षेत्र श्वर्णकाल बन्छ !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-bista-final– सुमन घिमिरे

मोरङ, १७ असार । राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव केशवकुमार विष्टले खेलकुद् क्षेत्रको आफनो कार्यकाललाई श्वर्णकाल बनाउने दावी गर्नु भएको छ ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा आज गरेको सम्मान् कार्यक्रममा वोल्दै सदस्य सचिव विष्टले खेलकुद क्षेत्रमा हुने सबै खाले भष्टाचार र विवादलाई अनत्य गरी खेलकुदको विकासमा आफू दृढ भएर लाग्ने बताउनुभयो ।

आफूले पाएको जिम्मेवारीलाई इमान्दाारितका साथ पुरा गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो । उहाँले आगामी माघदेखी पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद महोत्सव आयोजना हुने समेत बताउनुभयो । सदस्य सचिव विष्टले ७ औं खेलकुद महोत्सवका लागि सरकारले २२ करोड रुपैयाँ छुट्टयाइ सकेकाले महोत्सव ऐतिहासिक हुने दावी गर्नुभयो ।

सो अवसरमा विष्टलाई विराटनगर विमानस्थलवाट वेन्डवाजा तथा पन्चकन्याहरुले फुलमाला लगाएर विराटनगर स्थित एमालेको पार्टी कार्यालयमा ल्याएर भव्य स्वागत गरिएको थियो । परिषद्को सदस्य सचिवमा नियुक्त भएपछी पहिलो पटक गृहजिल्ला सुनसरी आउने क्रममा उहाँलाई विराटनगरमा स्वागत गरिएको हो ।

उहाँलाई एमालेका केन्द्रिय सदस्य जीवन घिमिरे, एमाले मोरङ अध्यक्ष महेश रेग्मी, खेलकुद महासंघका केन्द्रिय सदस्य रवीन नगरकोटी तथा वुद्धिजीवी परिषदका अध्यक्ष उद्धव पोखरेल लगायतले स्वागत गर्नु भएको थियो ।