चितवन, १६ असार । नेपाल प्रहरी चर्चित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलले प्रशिक्षण दिएका प्रहरी सहायक निरीक्षकको दीक्षान्त समारोहमा विदाई गरिएको छ ।
एसएसपी खरेलले नेपाल प्रहरीका ३५० जना नयाँ सब–इन्सपेक्टरलाई करिब ६ महिनासम्म क्षेत्रीय तालिम केन्द्र भरतपुरबाट प्रशिक्षण दिएका थिए । जसमा १६ महिलासहित तीन सय ५० जना प्रहरी सहायक निरीक्षकले उनको प्रशिक्षण पाएका थिए ।
खरेलको प्रशिक्षण लिएका ३५० जना बुधबार चितवनमा दीक्षित भएका थिए । प्रहरी सहायक निरीक्षकको १५९ औँं आधारभूत तालिमको दीक्षान्त समारोहमा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालले नयाँ प्रहरी अधिकारीलाई शुभकामना सन्देश दिएका थिए ।
कार्यक्रममा समादेशक रमेश खरेलले सपथ गराएका थिए भने तालिम प्रतिवेदन प्रहरी नायव उपरीक्षक बिमलराज कँडेलले प्रस्तुत गरेका थिए । समारोहमा खरेलले नयाँ प्रहरी अधिकारीले आफूजस्तै इमान्दार भएर काम गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले नागरिक सेवामा कटिबद्ध भएर लाग्न दीक्षित भई कार्यक्षेत्रमा जान लागेका प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन दिएका थिए ।


















प्रतिक्रिया