काठमाडौं, १६ असार । नेकपा एमालेका नेता शंकर पोखरेलले कृषिमन्त्री हरि पराजुलीले महिलामाथि गरेको अश्लील व्यवहारप्रति आपत्ति जनाएका छन् ।
मन्त्री पराजुलीको चौतर्फी विरोध भइरहेका बेला नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पदीय मर्यादा ख्याल नगरी महिलामाथि जबरजस्ती अंगालो हालेको भन्दै आलोचना गरेका हुन् ।
नेता पोखरेलले भनेका छन्–‘सार्वजनिक पदमा हुनेले सामाजिक मर्यादामा बस्नु पर्छ । मर्यादा बस्न गाह्रो हुनेले सार्वजनिक पद धारण गर्नुहुँदैन । कृषिमन्त्रीज्यू लज्जावोध भो ।’
कृषिमन्त्रीले पदीय मर्यादा नाघेकाले तत्तकाल राजीनामा दिनुपर्ने नेता पोखरेलको धारणा छ । मंगलबार धान दिवसमा रोपाइ रमाइलो भन्दै कृषिमन्त्री पराजुलीले काठमाडौँको मुलपानीमा महिलालाई जबरजस्ती अंगालो हालेका थिए ।

















प्रतिक्रिया