७ कार्तिक २०८३, शनिबार

सभासद विकद्धारा सहकारीलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisa– अनिल खत्री

गुल्मी १६ असार । गुल्मी क्षेत्र नं. २ की समानुपातिक सभासद कमला बिश्वकर्माले जिल्लाको एक सहकारीलाई सहयोग गर्नु भएको छ ।

सभासद बिश्वकर्माले कार्यलय संञ्चालन गर्नको लागि अम्मरकल्याण बहुउदेश्य शहकारी संस्थालाई एक कार्यक्रमका बिच बुधबार सहयोग गर्नु भएको हो । कार्यव्यस्ताले कार्यक्रममा आफू उपस्थित हुन नसकेपछी सभासद बिश्वकर्माको तर्फबाट कमला बरालले सो संस्थाकी अध्यक्ष गंगादेवी थापालाई रु २० हजार भन्दा बढीको प्रिन्टर, फोटोकपी मेसीन हस्तान्तरण गर्नुभएको थियो ।

हस्तातरण कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष गंगादेवी थापाले आफनो संस्थालाई सहयोग गर्नु भएकोमा सभासद कमला बिश्वकर्मालाई धन्यवाद दिनुभयो । कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष पार्वता पोखरेल र संस्थाका लक्ष्मी पाण्डेय, भगवती कुवँर, पत्रकार प्रेम सुनार लगायतको सहभागिता रहेको थियो ।