७ कार्तिक २०८३, शनिबार

अमेरिका पठाउने भनी ठगी गर्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thagiकाठमाडौँ, १६ असार । अमेरिका पढन पठाई दिन्छु भनी ठगी गर्ने चितवन भरतपुर उपमहानगरपालिका– ११ घर भई सोही स्थानमा भिसा अव्रोड एजुकेशन कल्सल्टेन्सी संचालन गर्ने २६ बर्षीय सुजन न्यौपानेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

न्यौपानेले १५ जना विद्यार्थीहरुलाई सेन्ट लुसियाको ल्यामबडस एकेडेमीमा अध्ययनका लागि गएका सम्पूर्ण विद्यार्थीलाई त्यहाँबाटै एक वर्षमा अमेरिका पठाउने प्रलोभन दिई प्रति व्यक्ति करिब १२ लाख रकम लिएका थिए ।

पीडित विद्यार्थीहरु सेन्ट लुसिया पुगेपछि नाम मात्रको कलेज रहेको र कलेजका जिम्मेवार व्यक्तिहरु विरुद्ध मानव बेचविखन सम्बन्धी मुद्दा परेर कलेज बन्द अवस्थामा रहेकोले १४ जना विद्यार्थीहरु केही दिनमै नेपाल फर्केका थिए । पीडित बिद्यार्थीको जाहेरीपछि अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरको हो ।

कन्सल्टेन्सी संचालक न्यौपानेलाई प्रहरीले मंगलबार काठमाडौँ महानगरपालिका-२ केशरमहलबाट पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको छ ।