७ कार्तिक २०८३, शनिबार

मोरङमा बाढीको पानी बस्तीमा पस्दा बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madi-chitwan-badiविराटनगर, १६ असार । मोरङमा खोलाको पानी बस्तीमा पस्दा एक बालकको मृत्यु भएको छ र १५० घरपरिवार विस्थापित भएका छन् ।

मधुमल्ला–४ का दूर्गा थापाका ४ वर्षीय छोरा श्रीसको मृत्यु भएको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ । पूर्वाञ्चलको पहाडी क्षेत्रमा गएराति भएको वर्षाका कारण मोरङको मधुमल्ला–५ स्थित बक्राहा खोलाको तटबन्ध भत्केर सो गाउँमा गएराति पानी पसेपछि सो घटना भएको हो ।

उक्त घटनालगतै प्रहरीको टोली खटेर प्रभावित क्षेत्रबाट मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली स्काभेटरसहित भत्किएको ठाउँमा मर्मत गरी पानीको बहाव रोक्न जुटेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

उक्त कार्यमा स्थानीयवासीहरुले पनि सहयोग गरिरहेका छन् । रासस