कृषिमन्त्री हरिप्रसाद पराजुलीले खेतमा पुगेर गरेको हर्कतपछि उहाँलाई के भन्नुहुन्छ ?
मलाई यति धेरै लाज लाग्यो । खाली ‘छ्या… ’ मात्र भन्छु । घृणा गर्ने त्योभन्दा अर्को शब्द मसँग छैन ।
यस्तो चरित्र भएको ब्यक्तिलाई किन मन्त्री बनाउनु भएको त ?
पार्टीमा हाम्रो मुल दलान छ । खाटसम्म बस्न पाउँछु । घरभित्र पसेर हेर्ने अधिकार छैन । तर, घटना भएपछि बामदेव गौतमले तत्काल मन्त्रीबाट फिर्ता बोलाउनु पर्दथ्यो । अहिले त आफ्नो गुटका मान्छेलाई आफैले बोलाउने चलन छ ।
उहाँलाई कारबाही होला त ?
यदि हरिप्रसादलाई कारबाहीको दायरामा नल्याउने हो भने एमाले इमान्दार, नैतिकवान, जबजप्रति निष्ठा राख्ने पार्टी बन्दैन । माओवादी र कांग्रेसभन्दा कुनै फरक पार्टी बन्दैन ।
मलाई यति धेरै लाज लाग्यो । खाली ‘छ्या… ’ मात्र भन्छु । घृणा गर्ने त्योभन्दा अर्को शब्द मसँग छैन ।
एमालेबृत्तमा यो घटनाप्रति कस्तो धारणा बनेको छ ?
पार्टीका तीन सयभन्दा बढी नेता, कार्यकर्ताले करबाहीको माग गर्दै फेसबुकमै स्टाटस लेखेका छन् । अनेमसंघकी एक जना नेतृले त महिला हिंसाबिरुद्ध मुद्दा हाल्छु भनेकी छिन् । पार्टीले यसलाई घृणा गर्छ ।
एउटा ब्यक्तिले गर्दा पार्टीको ठूलो बेइज्जत भयो त्यसो भए त, होइन ?
यस्तो गतिविधिलाई एमालेले घृणा गर्छ । यो एमालेभित्रको एउटा मान्छेको चरित्र हो ।
एमालेका मन्त्रीहरु विवादमा तानिँदै आएका छन्, खेलकुद मन्त्रीलाई फिर्ता बोलाउने विषयमा एउटा तप्काले केपी ओलीविरुद्ध हस्ताक्षर अभियान नै चलायो, यी मन्त्रीलाई पो के कारबाही होला र ?
यो बतासेको काम हो । बतासे माउले चल्ला कार्दैन । यी सबै काम बतासेका हुन् । केपीबिरुद्ध ज–जस्ले हस्ताक्षर अभियान चलाए, यसले उनीहरुको परिचय दिन्छ ।
तपाईं अध्यक्ष ओलीको कदमकै पक्षमा हुनुहुन्छ त्यसो भए ?
हस्ताक्षर अभियान चलाउने साथीहरु स्थायी कमिटीमा हुनुहुन्छ । स्थायी कमिटीले यस्ता–यस्ता निर्णय गरेको छ, जुन उहाँहरुले गर्नै मिल्दन । आफू तानाशाह भएको चाँहि थाहा नपाउने, अनि अरु तानाशाह भए भन्ने ? आफूले गर्दा राम्रो, पार्टी अध्यक्षले गर्दा चाहि नराम्रो ?
ए, उसो भए केपी ओलीले स्थायी कमिटिको जवाफ दिनुभएको हो ?
हाम्रो पर्टी त्यसरी नै चलेको छ । उहाँहरुले पार्टी खल्तीबाट चल्यो भन्नुभयो । अनि, उहाँहरुले स्थायी कमिटी खल्तीबाट चलाउन मिल्छ त ? उपमहासचिव घनश्याम भुसाल जस्ताले बजारमा गएर गीत गाउन मिल्दैन । केन्द्रीय सदस्यसम्मलाई त्यो भन्ने अधिकार छ ।
अहिले एमालेको सर्बत्र चर्चा भैरहेको बेला, एमालेभित्रैबाट एमाले सिद्दाउने अभियान चलेको छ । यसले त पार्टीलाई तहसनहसको बाटोतिर लैजान्छ भन्छन् नि कार्यकर्ताहरु ?
कमिलाले पहाड हल्लाउँदैन । यो मेरो होइन्, केपी ओलीको भाषा हो ।
अब यो विषय कसरी पार लाग्छ त ?
यदि पद्दतिसंगत जाने हो भने, अनुशासन आयोगमा निबेदन दर्ता गराउनु प¥यो । आखिर सबै कुरा त्यहीँबाट टुंगो लाग्ने हो ।
प्रस्तुतिः विश्वास खड्काथोकी/ दैनिक नेपाल












प्रतिक्रिया