यूएई । रोजगारीको लागि यूएइमा रहेकी कल्पना खड्काले संकलन गरेको ५१ हजार नेपाली रुपैयाँ आज एक कार्यकमका बीच एनआरएन दुबाई क्षेत्रीय समितिलाई हस्तान्तरण गरेकी छिन ।
गैरआबासीय नेपाली संघ यूएईको दुबई क्षेत्रीय समितिले एक औपचारिक कार्यक्रम गर्दै, कल्पना खड्काबाट रुपयाँ ५१ हजार सहयोग बुझिएको क्षेत्रिय समितिका अध्यक्ष दामोदर दाहालले बताए ।

दाहालका अनुसार प्राप्त सहयोग रकम आज नै एनआरएन नेपालले सुरु गर्ने १००० घर बनाउने कार्यको लागि केहि इँटा थप्ने सोचका साथ एनआरएनएको सानिमा बैंकमा रहेको दैबी प्रकोप खातामा जम्मा गरेको छ ।
कार्यकममा दुबई क्षेत्रीय समितिमा सक्रिय सदस्य रहेका पर्बत बिक्रम थापालाई सम्मान सहित बिदाई पनि गरेको छ । कार्यकम दामोदर दाहालको सभापतित्व तथा कृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
















प्रतिक्रिया