३० आश्विन २०८३, शुक्रबार

मनकारी नेपालीः अमेरिकाका घरबार बिहिनलाई नेपालीले खाना खुवाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-america (1)

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाका नेपालीले घरबार विहिन अमेरिकी नागरिकलाई खाद्य सहयोग गरेका छन् ।

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले बिश्व कै धनी राष्ट्र अमेरिकाको टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत जुन २७ तारिख युनिटी पार्कमा घरबार बिहिन, अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको हो ।

बिगत भन्दा हाल घरबाहर बिहिन मानिसहरु वृद्धि हुदै गएको जानकारी संस्थापक देवी आचार्यले गराए । यसपाली करिब ५०० जना जति घर बाहर बिहिनलाई खानामा स्वास्थ्य तथा स्वादिस्ट कुखुराको मासु, गेडागुडी, भात तथा सलाद आदि खुवाएको जनाएको छ ।

यसको खर्च कम्तिमा १ हजार ५ सय डलर लाग्ने भएकोले अर्थ सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको संस्थाले बताएको छ ।

nepal-america (2)

खाना खुवाउने अतिरिक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरिरहेको छ । हरेक महिनामा नेपालको पशुपतिनाथमा घरबार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफारहित सामाजिक संस्थामा दर्ता भएको छ ।