काठमाडौं, १६ असार । आईटीआईमा परीक्षा दिन हिँडेका एक छात्र प्रहरीको फन्दामा परेका छन् ।
प्रहरीले प्रवेश पत्रमा कुकरको तस्वीर कसरी आयो ? भन्ने बारेमा सोधपुछका लागि उनलाई हिरासतमा लिएको हो । ती छात्रको प्रवेश पत्रमा कुकुरको तस्वीर भेटिएको थियो ।
पुलिसले भनेको छ–‘ १८ वर्षीय सौम्यदीप महतोलाई जाँचबुझका लागि हिरासतमा राखिएको छ । यो घटनालाई लिएर धेरै विवाद भएको छ ।’ भारतको पश्चिम बंगाल राज्यका शिक्षा र प्रशिक्षण मन्त्री उज्ज्वल विश्वासले छात्रलाई सोधपुछका लागि हिरासतमा राखिएको र आईटीआईको प्रवेश परीक्षाका लागि प्रवेश पत्रमा उनको तस्वीर को सट्टा कसरी एक कुकुरको तस्वीर आयो भनेर छानविन भइरहेको बताए ।
साथै परीक्षाको प्रश्नपत्र लीक भएपछि परीक्षा पनि रद्द गरिएको थियो । मन्त्री विश्वासले भनेका छन्–‘छात्रले आवेदन पत्रमा आफ्नो फोटो चिप्काएर भरे र आफैले हस्ताक्षर पनि गरे । यो कसरी भयो छानविन हुँदैछ । यदि छात्र दोषी ठहरिए उनलाई पक्राउ गरी कारवाही गरिनेछ ।’
उनको प्रवेशपत्रमा कुकरको तस्वीर भेटिएपछि परीक्षाको पेपर पनि लिक भएको थियो जसका कारण परीक्षा रद्द भयो भने उनी प्रहरीको भन्दामा परे । एजेन्सी














प्रतिक्रिया