३० आश्विन २०८३, शुक्रबार

मेस्सीको प्रेरणामा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Argentina

काठमाडौं, १६ असार । फुटबल स्टार लियानल मेस्सीको प्रेरणामा अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कोपा अमेरिकाको सेमिफाइनल खेलमा पाराग्वेलेलाई ६–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो । अब अर्जेन्टिना फाइनलमा चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनाको जितमा मार्कोस रोजो, जेभियर पार्सतोए, सर्जियो अगोरो, गोन्जालो हिगुउनले एक एक गोल र डिमारियाले दुई गोल गरेका थिए । फुटबल स्टार लियोनल मेस्सीले गोल गरेनन् । आफ्ना सहकर्मीलाई हौसला दिएर जित दिलाउनमा प्रेरित थिए मेस्सी ।

पाराग्वेका लागि एक मात्र गोल लुकास व्यारिओसले फर्काएका थिए । कोपा अमेरिकाको फाइनल खेल नेपाली समय अनुसार आइतबार बिहान हुँदैछ ।

जसमा ३० बर्षपछि फाइनलमा प्रवेश गरेको चिली पहिलो उपाधि हात पार्ने दाउमा छ भने अर्जेन्टिना २२ बर्षदेखिको उपाधि जित्ने सपना पुरा गर्ने दाउँमा छ । आगामी आइतबारको उपाधि भीडन्तपछि मात्रै विजेता टोली थाहा पाइनेछ ।