२९ आश्विन २०८३, बिहिबार

सुदूर र मध्यपश्चिम क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धनको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kripasur-sherpa-1 काठमाडौं, १६ असार । सुदूरपश्चिम र मध्यपश्चिमको पर्यटन विकास तथा प्रवद्र्धन गर्न यहाँका सभाषद्ले माग गरेका छन् ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटनमन्त्री कृपासुर शेर्पालाई ज्ञापनपत्र बुझाउँदै सुदूर तथा मध्यपश्चिमको क्षेत्रको पर्यटन प्रवद्र्धनमा नीतिगत रुपमै कार्यक्रम सञ्चालन गर्न माग गरिएको हो ।

मुलुक शोकमा डुबेका बेला भूकम्पबाट प्रभावित नभएका मध्य र सुदूरपश्चिममा अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई जोगाउन तथा पर्यटकको आवागमनलाई निरन्तरता दिन ठोस नीतिगत कार्यक्रमको माग गर्दै पर्यटनमन्त्री शेर्पालाई सुदूर तथा मध्यपश्चिमका सभासद्ले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र अनुसार नेपाल पर्यटन बोर्डमा हालसम्म पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै त्यस क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धनका कार्यक्रमहरु प्रभावकारी रुपमा हुन सकेको निष्कर्ष निकाली बोर्डको कार्यकारी समितिमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।

Kripasur-sherpaयस्तै,सन् २०१६ लाई सुदूर तथा मध्यपश्चिम भ्रमण वर्ष घोषणा गरिनु पर्ने,अधिकार तथा कार्यक्रम सहितको नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालय खोलिनु पर्ने, सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धनको लागि निम्न कार्य योजना लागु गर्नुपर्ने, सुदूर र मध्यपश्चिम विकास क्षेत्रमा आउने पर्यटक (विदेशी नागरिक)लाई नेपाली नागरिकता सरह हवाई टिकट उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।

सुदूर तथा मध्यपश्चिमका सभासदहरु बद्री प्रसाद पाण्डे (नेपाली कांग्रेस), नरवहादुर चन्द (एमाले), मदनकुमारी शाह (गरिमा शाह), प्रेम वहादुर आलेमगर, दल बहादुर सुनार, मोहन सिहं राठौर, भरत वहादुर साउद, अमर वहादुर थापा, लाल वहादुर रावल, रिता  रावल, वसुन्धरा रोकाया, पेम्बा भोटे, कृपाराम राना, ज्ञानुदेवी गैरे, रवनीदेवी चौधरी, गणेश ठगुन्ना, हरी ज्ञवाली (एनेकपा एमाओवादी), रामदुलारी चौधरी (राप्रपा नेपाल), मिना चौधरी(तमलोपा)ले मागसहितको संयुक्त ज्ञापनपत्र पर्यटनमन्त्रीलाई बुझाएका हुन् ।

यस्ता छन् पर्यटनमन्त्री शेर्पासमक्ष प्रस्तुत गरिएका मागहरु :

क)    नीतिगत व्यवस्था
– भारतीय सीमावर्ती शहरहरुसम्म नेपाली नम्बर प्लेट भएका सवारी साधनहरुको आवागमनको व्यवस्था मिलाउनुपर्ने ।
– वनबासा नाकामा नेपाल भारत बीच निर्वाध आवागमन संचालनमा ल्याउनुुपर्ने ।
– पर्यटन व्यवसाय सञ्चालनका लागि सामान आयातमा एक पटक भन्सार छुटको व्यवस्था ।
– यस क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कम्तीमा ५ वर्षसम्म आयकर छुट हुनुपर्ने ।
– पर्यटन व्यवसाय सञ्चालनका लागि सार्वजनिक जमिन व्यवसायीलाई लिजमा दिने व्यवस्था गर्नुपर्ने ।
– एशियाली विकास बैंक तथा विश्व बैंकबाट समेत ऋण लिएर पर्यटन पूर्वाधार विकास योजनामा लगानी गर्नुपर्ने ।

ख)    योजना तर्जुमा
– सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको आवधिक तथा दीर्घकालीन पर्यटन विकास, व्यवस्थापन तथा प्रवद्र्धन योजना तर्जुमा गर्नुपर्ने ।

ग)    संस्थागत विकास  
– अधिकार तथा कार्यक्रम सहितको नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालय सुदूरपश्चिम तथा मध्यपश्चिम क्ष्खोल्नुपर्ने

घ)    पर्यटन अध्ययन तथा अनुसन्धान
– सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको पर्यटकीय सम्पदाहरुको विवरण तयार पार्नुपर्ने ।
– यस क्षेत्रका संम्भाव्य पर्यटन गन्तव्य तथा गतिविधिहरुको पहिचान गर्नुपर्ने ।

ङ)    पर्यटन पूर्वाधार विकास    
– ऐतिहासिक महत्वका दरबार, कोट, गुफाहरूको संरक्षण ।
– पदयात्रामार्गहरुको निर्माण ।
– पर्यटकीयस्थलसम्म पहुँचमार्गको स्तरोन्नति, क्याम्पिङ्ग मैदानको निर्माण, विश्रामस्थल, आवाशगृह, भ्यूटावर, साइनेज, सूचनापाटी, शौचालय, सूचना केन्द्र, पिकनिकस्थल, पार्क जस्ता पूर्वाधारहरुको निर्माण ।
– कलात्मक स्वागतद्वार निर्माण, नाकाको स्तरोन्नती, कर्णाली र सेती नदीमा च्बातष्लन, धार्मिक पर्यटन प्याकेज निमार्ण, केन्द गड्डाचौकीको स्तरोन्नती, सम्भावित स्थानमा प्याराग्लाइडिङ्ग, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास ।
– नमूना पर्यटकीय गाउँहरु (होमस्टे) को विकास

च)    जनशक्ति विकास
– पर्यटन अभिमुखीकरण, अतिथि सत्कार, पथ प्रदर्शक, कुक, होटल व्यवसाय संचालन, होमस्टे व्यवस्थापन लगायतका तालिम सञ्चालन ।

छ)    पर्यटन प्रवद्र्धन
– स्थानीय स्तरमा पर्यटन जनचेतना अभिवृद्दि कार्यक्रमहरु सञ्चालन ।
– स्थानीय स्तरमा उत्सव, महोत्सव तथा मेलाहरुको प्रवद्र्धन ।
– एफ एम रेडियो मार्पmत् पर्यटन प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन ।
– पर्यटकीय क्षेत्र तथा गतिविधिहरु विशेषको वृत्तचित्र निर्माण ।
– प्रमुख पर्यटकीय स्थलहरुको पोष्टर, ब्रोसर उत्पादन गरी वितरण ।
– भारतीय पर्यटक लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम ।
– स्वेदेशी पत्रकार तथा टुर अपरेटरहरुलाई विभिन्न पर्यटकीय गन्तव्यहरुको परिचयात्मक भ्रमण ।
– भ्रमण प्याकेजहरु निर्माण, बर्दिया भ्रमणमा आएका पर्यटकहरुलाई सुदूरपश्चिम भ्रमण प्याकेज, निजी क्षेत्रसँगको सहकार्यमा प्रवद्र्धन ।
– वेवसाइटको निर्माण गरी पर्यटकीय आकर्षणहरु अद्यावधिक ।
– पर्यटन सम्बद्ध सस्थाहरु बीच सहकार्य र सञ्जाल विस्तार ।
– ठुला केदार धार्मिक प्रवद्र्धन ।