२९ आश्विन २०८३, बिहिबार

…जसले अमेरिकामा नेपालीलाई विशेष सुविधा दिलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tek-Raj-Paudel
लेखक

अमेरिकाभर यतिबेला भूकम्पको चर्चासँगै टिपीएस सुविधाको चर्चा पनि गरमागरम बनेको छ । खासगरि, केही व्यक्तिको पहलमा टिपीएस सुविधा नेपालले पाएपछि त्यसको जस लिन हानाथाप नै देखिएको छ । खासमा भित्री रहस्य अर्कै छ ।

भूकम्पपश्चात राहत रकम जम्मा गर्न थालेका नेपाली समुदायको खबर अनुसार करिब १ अर्ब भन्दा बढी रकम अमेरिकामा उठ्यो । कसैले एनआरएन, कसैले प्रधानमन्त्री राहतकोष ,कसैले अन्तरराष्ट्रिय रेडक्रस र कसैले आइएनजीओमार्फत नेपाल भित्राउने काम गरिसकेका छन् । कोही अझै पनि नेपालमा आउने क्रम जारी छ ।

यहीबीचमा अमेरिकी सरकारले नेपालीहरुलाई प्रदान गरेको टेम्पोरेरी प्रोटेक्सन स्टाटस (टिपीएस) ले चर्चा पाएको हो । अमेरिका बस्ने कागजबिहीन नेपालीहरुको लागि यो एक बरदान र उपलब्धि पनि भएको छ । यो उपलब्धिपश्चात कतिपय संस्थाहरु र व्यक्तिहरुले यो आफूहरुले गरेर भएको हो भन्दै जस लिन थालेका छन् । कतिले भने यो सुविधा पाउनुमा मेरो योगदान छ भन्दै प्रचार गर्न संचार र फेसबुक पेज रंगाउन थालेका छन् । टिपीएस सम्बन्धी छलफलमा सम्भब नै नभएको कुराको पछाडि लाग्नुहुन्न भनेर बैठक छोडेर हिड्नेहरु नै अहिले फेसबुकमा अमेरिकी सरकार र भाग्यमानी नेपालीलाई बधाई दिंदै बिज्ञप्ति निकाल्ने काम समेत गरेको देखिन्छ । आखिर, यो सुबिधा प्राप्त गर्नमा धेरै नेपाली अगुवाको मात्रै हात रहेको छ, जसका कारण हजारौँ नेपालीहरु लाभान्वित हुने अबस्था सिर्जना भएको छ ।

भन्छन्, कुनै फल प्राप्त गर्न पहिले बिउ जोगाएर राख्नुपर्छ, उपयुक्त समयमा त्यसलाई रोप्नुपर्छ । बिरुवा उम्रिन तथा हुर्किन त्यसलाई चाहिने पानी, घाम र प्राकृतिक बाताबरणको निकै महत्व छ । त्यसैगरी नेपालीहरुले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिमा बिउ, घाम, पानी र उचित बतावरणको काम को कोले गरे होलान ? यो जिज्ञाशा धेरैमा रहेको पाइयो । कसैमा भ्रम नहोस् र सत्यतथ्य बाहिर अओस् भनेर नै यो लेख लेख्ने कोसिस गरेको हुँ ।

खासमा यसको श्रेय प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, न्युयोर्कका कानुन व्यवसायी डिल्लीराज भट्ट र श्री पराजुलीलाई दिँदा हुन्छ । कानुन व्यवसायी भट्टले फिलिपिन्समा भूकम्प जाँदा आफ्नो टिमका साथीहरुले यो सुविधा पाएको थाहा पाएपछि नेपालमा आएको यो भुकम्प नेपालीहरुको लागि एउटा राम्रो अवसर हुन् सक्ने ठानेर आफ्नो साथीसर्कलमा कुरा उठाउन थाल्नुभयो । त्यसै सिलसिलामा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापाले कानुन व्यवसायी भट्टजीसँग यो सुबिधा के कसरी लिन सकिने र यसको सम्भावना बारेमा व्यापक छलफल गर्नुभयो । एमालेबाटै सिफारिस भएर आएका राजदूत र एमालेकै विदेश मन्त्री भएका कारण प्रवासी नेपाली मञ्चका अध्यक्ष थापालाई यो सुविधा नेपालीहरुलाई पनि दिलाउन सक्ने हिम्मत बढ्यो । नेपाल सरकारबाट नियुक्ति बुझेर हिँड्ने तयारीमा रहेका राजदुत डा. अर्जुन कार्की अकस्मात आफ्नो पिताको स्वर्गारोहणपछि काजकिरियामै रहेको अवस्थामा राजदुत कार्कीलाई ३ वटा महत्वपूर्ण काम एसआलम गरेका परिवारका सदस्यहरुको एमआरपी बनाउने, अमेरिकामा भुकम्प पीडितहरुको लागि उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बातावरण निर्माण गर्ने र टिपीएस सुबिधाका लागि प्रक्रिया अगाडि बढाउन मञ्चका अध्यक्ष थापाले आग्रह गर्नुभएको थियो ।

अध्यक्ष थापासँगको कुराकानीपछि राजदूतले अधिबक्ता डिल्ली भट्टसँग पनि कुरा गरेर विस्तृत बुझ्न खोज्नुभयो । अधिबक्ता भट्टसँगको कुराकानीले नै राजदूत डा. कार्कीलाई पिताको निधनको १५ दिनमै अमेरिका आइपुग्नु पर्नेमा सहमत गरायो । अमेरिका झरेको तेस्रो दिनमै विदेशमन्त्री जोन केरीसंग भएको भेटमा राजदुत कार्कीले स्पस्टसँग नेपाली कागजपत्र बिहीनहरुका लागि बिगतमा अमेरिकाले अरु देशलाई दिएको जस्तै सुबिधा दिन आग्रह गर्नुभयो । जबाफमा विदेशमन्त्री जोन केरीले नेपालीहरुले यो सुविधाका लागि निवेदन र माग ल्याउन आग्रह गर्नुभयो । सोही माग अनुसार अधिवक्ताहरु, प्रवासी नेपाली मञ्च, जनसम्पर्क समिति र न्युयोर्कका रहेका अन्य सामाजिक संघ संघसंस्थाले त्यहाँबाट प्रतिनिधित्व गर्ने संसद सदस्यलाई समेत सहमत गराउँदै यो अभियान अगाडि बढाएका थिए । १ लाख जनाको हस्ताक्षर गराउने लक्ष्य राखे पनि अमेरिकाको अन्य साझा संगठनको दाबा गर्नेहरुले निबेदनप्रति बेवास्ता र कतिपय सन्दर्भमा खिसिट्युरी समेत गरेकोले भने जति निवेदन पर्न सकेन । करिब २० हजर नेपालीहरुको इमेल र कल प्राप्त भएपछि अमेरिकी सरकारले यो सुबिधा दिएको हो । तर, वास्तविकता एकातिर हुँदाहुँदै कतिपयले भने आफैले ल्याएको जसरी प्रवक्ता बनिरहेका छन्, जसको नेपाली समुदायमा निकै व्यंग्यको विषय बनेको छ ।

यद्यपि यो अभियानमा जस्ले प्रभावकारी भूमिका खेले पनि यस सुविधाबाट लाभ हुने भनेको नेपाली नै हुन् । जुन निकै स्वागतयोग्छ । विभिन्न अधिवक्ता र अमेरिकी सरकारको गृहराज्य सुरक्षाले राखेको वेबसाईट अनुसार यो सुविधा ५ प्रकारको हुनेछ । अमेरिकामा रहेका नेपालीहरु जोसंग कागज पत्र छैन्, तिनीहरु १८ महिनासम्म देश फर्कन र फेरि अमेरिका आउन, अमेरिकामा जस्तोसुकै स्टाटसमा रहेकाले यहीँ बसेर काम गर्नका लागि वर्क परमिटसम्मको प्रक्रियाका लागि यो टिपीएस निकै उपलब्धि पूर्ण नै रहेको छ । प्रयास गर्ने हो भने अमेरिकाबाट नेपालीहरुले अन्य समुदायले झै लाभ उठाउन सक्छन् भन्ने उदाहरण हो यो ।