२९ आश्विन २०८३, बिहिबार

यस्तो गाउँ जहाँ महिला महिलाबीच सार्वजनिक ठाउँमै लुछाचुडी हुन्छ !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fighting-between-womenकाठमाडौं । लामै खडेरी पर्यो भने नेपालमा पूजापाठ गरेर तथा बोका बलि दिएर पानीका लागि भगवान पुकार्ने चलन छ ।

तर, मेक्सिकोमा भने पानी पार्नका लागि भन्दै महिलालाई खेतमा उतारेर रक्ताम्य हुने गरी एक–आपसमा लडाउने प्रचलन छ । मेक्सिकोको गुरेरो क्षेत्रमा पनी पार्नका लागि महिलालाई लडाइँमा उतार्ने र उनीहरुको शरीरबाट निस्किएको रगत जम्मा गरी खेतभर पोख्ने गरिन्छ । गुरेरोमा यो अनौठो एक पर्वकै रुपमा विकास भएको छ ।

यो पर्वका दिन लडाइँमा उत्रिने गुरेरोका महिला बिहानै उठ्छन् । अन्य दिनको भन्दा अघिक अधिक मात्रामा खाना खान्छन् । कुखुराको मासु भात, उसिनेको अन्डालगायत परिकार त्यस दिनको खानामा तयार पारिएको हुन्छ । महिलालाई स्वागत गर्दै लडाइँ गरिने मैदान फूलले सजाइएको हुन्छ । उपस्थितहरुले वर्षाका लागि भगवानको प्रार्थना गर्छन । र, महिलाहरुबीच लडाइँ सुरु हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।