७ कार्तिक २०८३, शनिबार

दलितको मलामी मगर समुदायबाट जान थालेपछि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १५ असार । पाल्पाको कोलडाँडा गाविसमा दलितको मलामी मगर समुदायबाट जान थालेका छन् ।

दलित समुदायको मलामी जान थालेपछि अन्य स्थानबाट आफन्तहरु बोलाउन नपरेको कोलडाडाँ गाविस–९ का विष्णु परियारले बताउनुभयो । पहिला दलितको मलामी गैरदलित समुदायका मानिस जाने चलन थिएन, हाम्रो दुई–चार घर मात्र थियो, कसैको मृत्यु भएको स्थितिमा कसेनी, तेल्घा, मदनपोखरा, रुप्से गाविसबाट आफन्तहरुलाई मलामी जान बोलाउनुपर्ने बाध्यता अहिले हटेको उहाँले बताउनुभयो ।

“मगर समुदायमा कोही कसैको मृत्यु भएमा हामीहरु पनि मलामी जान्छौँ, लास बोक्छौँ, हाम्रो पनि मलामी आउनुहुन्छ”, परियारले भन्नुभयो । दलित समुदायको सानो बस्ती भएको ठाउँमा आफन्तहरु नभएपछि घरमा लास राखेर आफन्त बोलाउन अन्यत्र जानुपर्ने बाध्यता थियो ।

गैरदलित समुदायले दलितको लास नबोक्ने र मलामीसमेत नजाने गर्दा दलित समुदायमा मलामी जाने समस्या थियो । पछिल्ला वर्षमा गैरदलित समुदाय सचेत बन्नु र गाउँगाउँमा गाडीको सुविधाले अहिले गाउँमा लास बोक्ने चलन नै हटेको परियारको भनाइ छ । रासस