७ कार्तिक २०८३, शनिबार

रसियनले गीता बोकेर काठमाडौंमा भजन गाएपछि…! (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhajanकाठमाडौं, १४ असार ।  काठमाडौंको भृकुटीमण्डप निकै व्यस्त रहने स्थान हो । यहाँ व्यापारदेखि मेला, महोत्सव, सांगीतिक कार्यक्रम पनि हुने गरेको छ । तर, आइतबार भने अलि फरक देखियो । एक जना रसियन नागरिक केही नेपालीको सहयोगमा हिन्दूधर्मलाई उद्धृत गर्दै जीवन दर्शनका बारेमा प्रवचन दिइरहेका थिए ।

कपाल खौरिएर टुपी पालेका, तुलसीको माला र चन्दन लागएका ती रसियन नागरिकले हिन्दूधर्मको धार्मिक ग्रन्थ गीतको सारको व्याख्या गर्दै आत्मिक सुखमा ध्यान दिन आग्रह गरेका थिए । ‘भौतिक सुख भन्दा आत्मिक सुख मानवका लागि आवश्यक हो’, उनले भने, ‘यसका लागि हिन्दूधर्मको दर्शन बुझ्न र अध्ययन गर्न जरुरी छ ।’

स्कोन नेपाल नामक संस्थामा समेत आबद्ध ती व्यक्ति भजन गाउँदै भौतिकले भन्दा आत्मिकले सुख र सन्तुष्टि दिने भएकाले यसका लागि गीतको अध्ययन आवश्यक रहेको बताए । उनका प्रवचन र गतिविधिले बटुवाहरुको ध्यान आकर्षित गरेको देखिन्थ्यो । बेला बेलामा उनले सेक्स दर्शनका बारेपनि प्रवचन दिएका थिए ।

हिँड्दै प्रवचन दिइरहेको उनले भने, ‘यो कलियुग हो । अब जपतपले केही हुँदैन । कुशल कर्म गर्न जरुरी छ ।’ ‘यहाँ राष्ट्रपति र प्रधानमन्त्री भेट्न त गाह्रो छ, कहाँ सजिलै भगवान भेट्न सकिन्छ,’ अझै उनले भने, ‘यसका लागि मानव धर्म गर्न आवश्यक छ ।