गुल्मी १४ असार । गुल्मीमा बिद्युत नियमित सुचारु नभएको भन्दै बिद्युत प्राधिकरण गुल्मीले संञ्चार माध्यमा दिएको सूचनाले प्राधिकरण प्रमुखले गल्ती भएको बताएका छन् ।
बिद्युत प्राधिकरण प्रमुख सुरेन्द्र चौधरीले जिल्लास्थित सरोकारवालासंग छलफल नगरी आफू खुसी मर्मत गर्ने भन्दै बिद्युत बन्दको सूचना गरेको भन्दै प्रमुख जिल्ला अधिकारीले आपत्ति प्रर्कट गरेपछी उनले गल्ती भएको बताएका हुन ।
गुल्मीको रिडीदेखी बिरवास सम्मको लाईन मर्मत गर्ने भन्दै एक महिना सम्म बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म बिद्युत बन्द रहने प्राधिकरण गुल्मीले जिल्लाका संञ्चार माध्यमलाई सूचना प्रशारण गर्न लगाएको थियो ।
प्राधिकरण गुल्मीले जिल्लाको रिडीदेखी बिरवाँस सम्म एक महिना लगाएर बिद्युत मर्मत गर्ने भएको छ । गुल्मी जिल्लामा केही महिनादेखि बिद्युत नियमित हुन सकेको छैन् ।
कार्यालय प्रमुख शुरेन्द्र चौधरीले वुटवलवाट लाईन डिष्ट्रव भएका कारण समस्या उत्पन्न भएको वताएका छन् । बिजुली आउने जाने टुङ्गो नहुँदा प्रशासनिक कामले नागरिता तथा एमआरपी बनाउन आउने सेवाग्रहीहरु समेत समस्यामा पर्ने गरेका छन् ।















प्रतिक्रिया