३० आश्विन २०८३, शुक्रबार

वेलायती टिमसँग नेपाल ४ विकेटले पराजित, कप्तान पारस खड्काले हाने अर्धशतक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-khakda

काठमाडौं, १४ असार । टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल वेलायती टिमसँग ४ विकेटले पराजित भएको छ । विश्वकपको तयारीका लागि इंग्ल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबारको खेलमा वेलायती टिम  ग्लोसटाशायरसँग ४ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको अविजित ७३ रनको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन बनायो ।

नेपालका ओपनर सुवास खकुरेल व्यक्तिगत ३ रनमा रन आउट भए ।  उपकप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भए । सागर २२ रनमा पभेलियन फर्किए । शरद १२ रनमा आउट भए । कप्तान पारस ७३ र प्रदिप ऐरी १६ रनमा अविजित रहे ।

कप्तान पारसले ५४ बलमा नौ चौका र दुई छक्का हानेका थिए । जवाफी व्याटिङका लागि मैदानमा उत्रिएकोे ग्लोसटाशायरले अन्तिम ओभर खेल्नु अघि नै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।

ग्लोसटाशायरका पीएस हृयाण्ड्सकमले सर्वाधिक ५४ रन हान्दा नेपालले जित हात पार्न सकेन् । नेपालका करन केसीले ३ विकेट लिए । सोमपाल कामी, बसन्त रेग्मी र सागर पुनले समान १–१ विवेट लिए ।