७ कार्तिक २०८३, शनिबार

सुशील, केपी र प्रचण्डलाई राप्रपा नेपालको चेतावनी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-kp-prachanda

काठमाडौँ, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रलगायत विषयमा आफूहरुलाई मत विभाजन गर्न नदिए संविधानसभामा अवरोध गर्ने निर्णय गरेको छ ।

राप्रपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सङ्घीयताभन्दा पनि स्थानीय स्वायत्त शासन विधिलाई अगाडि बढाउन र सो सम्बन्धमा मत विभाजन गरेर बहस र छलफलमा भाग लिन नदिए आफूहरुलाई मान्य नहुने संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरिले जानकारी दिनुभयो ।

उहाँले केही ठूला दलले एकाधिकारपूर्ण तवरले आफ्ना एजेण्डा लाद्न खोजेकाले संविधान मस्यौदा समितिमा समेत असहमति दर्ज गरेको बताउनुभयो । विशेषगरी प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र प्रचण्डलाई चेतावनी दिँदै राप्रपा नेपालले संविधानसभा अवरोध गर्ने बताएको हो ।

मस्यौदा समितिमा समेत केही दलले अरु दलको विचार तथा मान्यतालाई अस्वीकार गरेकाले बाध्य भएर विरोध गर्नुपरेको बताउनुभयो ।