७ कार्तिक २०८३, शनिबार

भूकम्प पीडित महिलामाथि त्रिपालभित्र के-के शोषण गरिँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape-Sexललितपुर, १४ असार । अन्तरपार्टी महिला सञ्जालले भूकम्पपीडित महिला तथा बालबालिकाले बसोबास गरिरहेका पालमा यौनजन्य हिंसा भइरहेको जनाएको छ ।

सञ्जाल ललितपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा सञ्जालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद् ममता गिरीले महिला तथा बालबालिका रहेका स्थानमा सुरक्षाका लागि राज्यको ध्यानाकर्षण गराउनुभयो ।

भूकम्पको मौका छोपेर बालबालिका बेचबिखन भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले त्यस्ता गिरोहको पहिचान गरी हदैसम्मको कारबाही गरिनुपर्ने बताउनुभयो ।

सहायक प्रजिअ होमनाथ थपलियाले भूकम्प प्रभावित जिल्लामध्ये ललितपुरमा मानवीय क्षति न्यून भएको बताउनुभयो । यहाँ भूकम्पमा परेर ७६ महिला र ३३ बालबालिकाले ज्यान गुमाएको तथा एक हजार ४७४ महिला घाइते भएको बताइएको छ ।

सुरक्षाको दृष्टिकोणले यस क्षेत्रमा मजबुत बनाएकाले कुनै पनि हिंसाको घटना नभएको उहाँले बताउनुभयो । राज्यले राहतस्वस्प प्रदान गरेको रु १० हजार दक्षिणी भेगका १९ गाविसका पीडितले प्राप्त गरिसकेको जिकिर उहाँले गर्नुभयो । स्थानीय विकास अधिकारी पशुपति पोखरेलले महिलासम्बन्धी विभिन्न सीप विकासका कार्यक्रम कार्यालयको समन्वयमा हुँदै आइरहेको बताउनुभयो ।

महिला विकास प्रमुख शारदा बिजुक्छेले विद्यालयमा पठनपाठन गरिरहेका बालबालिकामा परेको मानसिक अवस्थालाई ख्याल राख्दै पूर्वअवस्थामा फर्काउन मनोरञ्जनका सामग्री वितरण गरिएको बताउनुभयो । ललितपुर सञ्जालका अध्यक्ष देवकी श्रेष्ठले भूकम्पपीडित महिला एवम् बालबालिका रहेका स्थानको अनुगमनका क्रममा उक्त क्षेत्रमा पानी, सरसफाइलगायतको समस्या बढ्दै गएको पाइएको बताउनुभयो । रासस