७ कार्तिक २०८३, शनिबार

स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका आयो (हेर्नुस तालिका)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, १४ असार । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार तीन वर्षे स्नातक तह दोस्रो वर्ष मानवीकी, व्यवस्थापन, विज्ञान कानुन र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट पूरा तथा आंशिकका परीक्षा दिने परीक्षार्थीहरु परीक्षामा सहभागी हुन पाउनेछन् ।

परीक्षा साउन १८ गतेदेखि भदौ ६ सम्म चल्नेछ । व्यवस्थापन संकायको १ देखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ भने अन्य संकायको बिहान ७ बजेदेखि १० बजेसम्म हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

bachelor-2nd-710x1024