७ कार्तिक २०८३, शनिबार

एसिड पीडित संगीता र सीमालाई युवा संघको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Acid-attack-Kathmanduकाठमाडौँ, १३ असार । तेजाव आक्रमणबाट घाइते भएका सीमा बस्नेत र सङ्गीता थापामगरलाई युवा सङ्घ नेपालले आर्थिक सहयोग गरेको छ ।

वेलायतमा रहेका युवा सङ्घका प्रतिनिधि नवराज घलेले भूकम्पपीडितलाई उठाएको सहयोग युवा सङ्घ लुम्बिनी अञ्चल समन्वय समितिले युवा सङ्घ केन्द्रीय समितिमार्फत तेजाव पीडितलाई वितरण गरेको हो ।

गत फागुन १० गते एसएलसी परीक्षाका लागि ट्युसन पढेर घर फर्कँदै गर्दा तेजाव प्रहारबाट घाइते भएका यी दुईजनालाई युवा सङ्घको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगद रु २५/२५ हजार सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य झपड रावलले अन्यायमा परेकाको न्याय दिने काम युवा सङ्घको भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय आवश्यक रहेको बताउनुभयो ।

युवा सङ्घकी अध्यक्ष निरुदेवी पालले तेजाव आक्रमणका घाइतेलाई सरकारले वास्ता नगरेको भन्दै अन्याय र अत्याचारविरुद्ध युवा सङ्घ सधँै लड्ने बताउनुभयो ।

अध्यक्ष पालले घाइतेलाई युवा सङ्घ नेपालको तर्फबाट आगामी दुई महिनापछि एक–एकवटा कम्प्युटर प्रदान गर्ने बताउनुभयो ।