७ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीद्वारा सभाध्यक्ष नेम्वाङ समक्ष ज्ञापनपत्र प्रस्तुत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-chautariकाठमाडौँ, १३ असार । प्रेस चौतारी नेपालले आगामी संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्तिचता गर्नुपर्ने माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ समक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको टोलीले अध्यक्ष नेम्वाङको कार्यकक्षमा भेट गरी ज्ञापनपत्र प्रस्तुत गर्दै जनताका मौलिक अधिकारलाई सुरक्षित राख्दै अभिव्यक्ति तथा स्वतन्त्रताका सम्बन्धमा संविधानले मूर्त ढङ्गबाट सुनिश्चित गर्नुपर्ने समेत माग गरेको हो ।

ज्ञापन बुझ्दै अध्यक्ष नेम्वाङले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको सवाललाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले सविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै आज वेलुकासम्ममा मस्यौदा समितिले मस्यौदा ल्याउने स्पष्ट पार्नुभयो ।

अध्यक्ष अर्यालले संविधान जारी गर्ने प्रक्रियामा आफ्नो सङ्गठन प्रतिबद्ध रहेको विश्वस व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगी एवम् सचेतकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘विसं २०४७ मा जारी ‘नेपाल अधिराज्यको संविधान’ तथा २०६३ सालमा जारी ‘अन्तरिम संविधान’ मा समेत स्पष्टतः निश्चिता प्रदान गरिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पुनःनिश्चितताको माग दोहो¥याउँदै सविधान निर्माणको जारी प्रक्रिया अझ द्रुतता, सौहाद्रता तथा यथाशक्य सर्वसम्मत ढङ्गबाट अगाडि बढोस्’–ज्ञापनपत्रमा उल्लेख छ ।