७ कार्तिक २०८३, शनिबार

रोजगार विभाग घेराउ गर्दै व्यवसायीले मागे श्रम राज्यमन्त्रीको राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saroj-pokheral-rojgar-sang

काठमाडौ, १३ असार । वैदेशिक रोजगार ब्यवसायीहरुले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको राजीनामा माग्दै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् ।

वैदेशिक रोजगार ब्यवसायीविरुद्ध श्रम राज्यमन्त्री गुरुङ जान खोजेको भन्दै तत्काल निर्णय सच्याउन माग गर्दै आइतबार वैदेशिक रोजगार विभाग घेराउ गरेका हुन् । असार १७ गते हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी सरोज कुमार पोखरेलको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले विभिन्न माग राख्दै विभाग घेराउ गरेका हो ।

मन्त्री गुरुङले वैदेशिक रोजगार ब्यवसायीहरुलाई वास्ता नगरी शून्य लागतमा कामदार पठाउने निर्णय गरेकाले आफूहरु मारमा परेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् । ब्यवसायीहरुले शून्य लागतमा कामदार पठाउँने मन्त्री गुरुङको निर्णय सच्याउने पर्ने माग राखेका छन् ।

शून्य लागतमा नेपालीहरु रोजगारीमा जान नपाउने भएकाले निर्णय सच्याउनुपर्ने वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्षका उम्मेदवार सरोज कुमार पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘सम्पूर्ण व्यवसायीलाई लात हानेर मन्त्री ज्यूले जून निर्णय गर्नुभएको छ त्यो तत्काल सच्याइनुपर्छ, अन्यथा हामीहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’ उहाँका अनुसार सरकारको यो निर्णयविरुद्ध सबै राजनीतिक दल आवद्ध वैदेशिक रोजगार ब्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरुले असार २१ गतेदेखि लागू हुने गरी मलेसिया र अन्य ६ खाडी मुलुकमा कामदार पठाउने श्रम मन्त्रालयको निर्णय कार्यान्वयनमा आपत्ति जनाउँदै फिर्ता लिन पनि माग गरेका छन् ।

साथै वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई पनि पदबाट हटाउन पनि ब्यवसायीहरुले माग गरेका छन् ।