७ कार्तिक २०८३, शनिबार

लिपुलेक सम्झौताविरुद्ध भारत र चीनलाई युवासंघको यस्तो धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoकाठमाडौं, १३ असार । भारत र चीनले नेपाललाई थाहा नदिई गरेको लिपुलेक व्यापार सम्झौताप्रति नेकपा एमाले निकट युवा संघले आपत्ती जनाएको छ । राजनीतिक संक्रमणको फाइदा उठाएर नेपाली भूमीको हस्तक्षेप गरेमा भारत र चीनको लागि नराम्रो परिणाम निस्कने संघले धम्की दिएको छ ।

युवा संघले आइतवार राजधानीमा पत्रकार सम्मेलनको आयोजन गरी उक्त सम्झौताले नेपाली नागरिकलाई दुःखी बनाएको बताउँदै यसलाई सच्याउन माग गरेको छ । संघले जाहेर गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालीको पहिचान जाइ नलाग्ने र आइलाग्नेलाई नछोड्ने रहेको कुरा सम्बन्धित पक्षलाई स्मरण गराउँछौँ । नेपाली युवाँको धैर्यताको बाँध फुट्यो भने चीन र भारतलाई पनि हित नहुने तर्फ सजग गराउँन चाहन्छौँ ।’ यस विषयमा सरकार चुप बसेकोमा संघले आक्रोश पोखेको छ ।

कार्यक्रममा बोल्दै एमाले नेता उर्बादत्त पन्तले सरकारले यस सम्झौताबारे नबोलेर नेपाली जनताको साहसलाई कमजोर पार्न खोजेको बताए । दाता सम्मेलनमा यस विषयमा कुरा उठ्ने नेपाली जनताले अनुमान लगाए पनि त्यस सम्बन्धी कुनै बार्ता नहुँदा नेपाली जनताको मन घाइते भएको समेत पन्तले उल्लेख गरे । उनले नेपाली जनता र देशको स्वाभिमानभन्दा सहयोग ठूलो नभएको बताए ।

कार्यक्रममा बोल्दै संघकी वरिष्ठ उपाध्यक्ष दिलु पन्तले यस सम्झौता नसच्याए नेपाली युवाहरुले मार्च पास गर्ने धम्की दिइन् । यस विषयमा सरकार चुप बसेकोप्रति उनको आक्रोस छ, ‘देशको सीमा थाहा नभएको सरकारले नेपालको के परिचय दिन्छ ?’ नेपालको संलग्नतामा उक्त सम्झौता हुनुपर्ने संघका सचिव नरेश शाहीले बताए ।