काठमाडौं, १३ असार । बोलियो प्रतिस्पर्धी ब्राजिललाई पराजित गर्दै पारग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाँच पटकको विश्वकप बिजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै पारग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
आइतबार बिहान भएको खेलमा ब्राजिल र पारग्वेले बराबरी १–१ गोल निर्धारित समयको खेल टुङ्गयाएका थिए । फुटबल नियमअनुसार बराबरी अवस्थापछि पेनाल्टी सुटआउटबाट खेलाइएको खेलमा पारग्वेले ब्राजिललाई १ गोलले पारजित गरेको हो ।
ब्राजिलका एभर्टोन रिबेरियो र स्ट्राइकर डग्लस कोस्टाले पेनाल्टिमा गोल गर्न नसक्दा ब्राजिल पराजित भयो । पारग्वेका लागि डर्लिस् गोन्जालेजले पेनाल्टीमा निर्णायक गोल गर्दै टिमलाई जित दिलाए ।
यसअघि ब्राजिलका लागि १५ औं मिनेटमा रोविन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७२ मिनेटसम्म अग्रता लिएको ब्राजिलका डिफेन्डर थिएगो सिल्भाले ह्याान्ड गरेपछि पारग्वेका लागि गोन्जालेसले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पारग्वेले फाइनल प्रवेशका लागि बुधबार बिहान अर्जेन्टिनाको सामना गर्नेछ । त्यस्तै, अर्को सेमिफाइनल खेल आयोजक चिली र पेरुबीच मंगलबार बिहान हुनेछ । पारग्वेसँग पराजित भएपछि पाँच पटकको च्याम्पियन ब्राजिल सेमिफाइनल चरणबाटै बाहिरिएको छ ।
https://www.youtube.com/watch?v=TS1xEkyB5JY
















प्रतिक्रिया