७ कार्तिक २०८३, शनिबार

ससुरा र पतिका कारण रुपाले किन गरिन् आत्महत्या ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideकोहलपुर, १३ असार । ससुरा र पतिको दबाबका कारण कोहलपुरमा एक विवाहित महिलाले आत्महत्या गरेकी छिन् ।

उक्त दबाब नमान्दा पारिवारिक विवाद बढेपछि वनकटुवा–६ की २० वर्षीय रुपा ओली भण्डारीले शुक्रबार राति विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

राति सल्फा नामक विषादी सेवन गरेकी भण्डारीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका कारण विष सेवन गरेको देखिएको छ । घटनापछि पति र सासुससुरासँग प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको छ ।