७ कार्तिक २०८३, शनिबार

जमिम साहको हत्यामा संलग्न पूर्वडीएसपी जगदीश चन्द नयाँ बानेश्वरबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dso-jagdish-chadकाठमाडौं, १२ असार । जमिम साहको हत्यामा संलग्न रहेको आरोप लागेका फरार पूर्वडीएसपी जगदीश चन्द ६ वर्षपछि पक्राउ परेका छन् ।

सञ्चार उद्यमी शाहको हत्यामा संलग्न आरोपी चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाका हनुमानढोकाको टोलीले शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्रनाथ खनालले पूर्व डीएसपी चन्दलाई विशेष टोलीले नयाँ वानेश्वरबाट पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चन्दलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदैछ।

सञ्चार उद्यमी तथा स्पेसटाइम नेटवर्क प्रालिका अध्यक्ष ४७ वर्षीय शाहको ०६६ साल माघ २४ गते काठमाडौंको लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडि सडकमा मोटरसाइकलमा आएका दुई भारतीय नागरिकले गोली हानेर हत्या गरेका थिए ।

सुदूरपश्चिमको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगर घर भएका तत्कालीन डीएसपी चन्दले घटनाका अभियुक्तलाई भारत भगाउन सहयोग गरेको आरोप लागेको थियो । त्यसलगत्तै उनी विदा लिएर फरार भएका थिए ।