दमौली, १२ असार । तनहुँको दमौलीस्थित सत्यवती उमावि परीक्षा केन्द्रबाट ११ कक्षाको परीक्षा दिँदै गर्दा आज एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
व्यवस्थापन सङ्कायतर्फको लेखा विषयको परीक्षा दिँदै गर्दा ती नक्कली विद्यार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घाँसीकुवा–६ का विनोद गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पराशर कलेजका परीक्षार्थी रोहित गुरुङको सट्टामा विनोद परीक्षा दिइरहेका थिए । ती नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस















प्रतिक्रिया