७ कार्तिक २०८३, शनिबार

केटी जिस्काउने र ड्रग्स खानेहरु प्रहरीमा भर्ती हुन्छन् : एसपी रामदत्त जोशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramdatta-joshi

– बिश्वास खड्काथोकी

काठमाडौं, १२ असार । नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एसपी) रामदत्त जोशीले बिग्रेका छोराछोरीलाई तह लगाउँन प्रहरीमा भर्ना गर्ने परिपाटी रहेको बताएका छन् ।

राजधानीको एक सार्वजनिक कार्यक्रममा बोल्दै एसपी जोशीले भने, ‘भनसुन र बिग्रीएका मानिसलाई प्रहरीमा भर्ना गर्ने परिपाटीको कारण प्रहरीले अपेक्षित काम गर्न सकेको छैन ।’

उनले अहिले पनि नेपाल प्रहरीमा ६० हजार जना ‘अण्डर एसएलसी’ रहेको खुलासा गरे । ‘कोही त एआइजी, डिआइजीको भनसुनले पाँच कक्षामात्र पास गरेका पनि भर्ती भएका छन्’, एसपी जोशीले भने, ‘अहिले त्यस्तो क्रम निकै कम भएको छ ।’ उनले बाटोमा केटी जिस्काउने, ड्रग्स खाने, गलत नियतमा लागेका छोराछोरीलाई तह लगाउन प्रहरीमा भर्ना गरिएको बताए ।

नेपाल प्रहरीले दबाब विना काम गर्न पाए जस्तो सुकै काम पनि गर्न सक्ने उनको दावी छ । उनले भने, ‘नेपाल प्रहरीको क्षमतामाथि कुनै शंका नगरे हुन्छ ।’