७ कार्तिक २०८३, शनिबार

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बेहोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १२ असार । प्युठानमा जंगलबाट ल्याएको च्याउन खाँदा एकै परिवारका पाँच वेहोस भएका छन् ।

चुजाठाटी–७ बस्ने ६८ वर्षीया गनी भुषाल, ३२ वर्षीया निर्मला भुषाल, ११ वर्षीया जुना भुषाल, १३ वर्षीय सुदन भुषाल र ईमानसिंह थापाकी छोरी ८ वर्षीया लक्ष्मी थापा सोही ठाउँस्थित जंगलबाट ल्याएको च्याउँ खाँदा शनिबार बेहोस भएका हुन् ।

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । लक्ष्मी थापाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।