तुलसीपुर, असार १२ । तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति उच्च मा.वि. उत्कृष्ट उच्च माविका रुपमा सम्मानित भएको छ । काठमाडौमा भएको भव्य कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उच्च माविका प्राचार्य सुरेन्द्र जिसीलाई सम्मान गर्नुभएको हो ।
देशैभर सञ्चालनमा रहेका उच्च माविहरुबाट शैक्षिक प्रगति, भौतिक अवस्था, विद्यार्थी सँख्या, नतिजा आदि कुरालाई आधार मानेर २० उच्च माविलाई पुरस्कृत गरिएको थियो ।
शिक्षाको क्षेत्रमा क्रियाशिल फोकस नेपालले प्रत्येक वर्ष देशभरबाट उत्कृष्ट उच्च माविहरुलाई सम्मान गर्दै आएको छ । पब्लिक ज्ञानज्योतिले यसभन्दा अगाडि पनि २ पटक यसप्रकारको पुरस्कार पाइसकेको छ । २०५१ सालमा स्थापित पब्लिक ज्ञानज्योतिले अहिले ५ वटा शैक्षिक सँस्थाहरु सञ्चालन गर्दै आएको छ ।















प्रतिक्रिया