७ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा परेको भीषण वर्षाले एक बालकको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १२ असार । लगातार तीन दिनसम्म आएको वर्षाका कारण घर भत्किएर अछाममा एक बालकको ज्यान गएको छ ।

अछामको वीरपथ गाविस वडा नं १ का कमल खड्काका नौ वर्षीय छोरा लालबहादुर खड्काको गएराति घर भत्किएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार लगातारको वर्षाले घर भत्किन थालेपछि घरका अरु सबै परिवार बाहिर निस्कन सफल भएको र लालबहादुर भने च्यापिएका थिए । बुधबार रातिबाट सुरु भएको वर्षाले यस पटक अछामका सम्पूर्ण ग्रामीण सडकहरु अवरुद्ध भएका छन् भने ठाउँठाउँमा साना ठूला पहिरोसमेत गएका छन् । रासस