भीमदत्तनगर, १२ असार । प्रहरीले चीनको ताक्लाकोट लैजाँदै गरेको चरीबाघको छालासहित दुई जनालाई दार्चुलाको उत्तरी भेग तिंकर नाकाबाट पक्राउ गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सीमा प्रहरी चौकी तिंकरले जाँचका क्रममा पाँच फिट लम्बाइ भएको चरीबाघको छाला एक थान र पाटेबाघको बच्चाको छाला दुई फिट लम्बाइ र नौ फिट चौडाइ भएको छालासहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हुम्ला हेक्का–१ का केमनाइ तामाङ र दार्चुलाको अपि नगरपालिका–११ का सुरमिन थापा रहेका छन् । रासस















प्रतिक्रिया