१८ कार्तिक २०८३, बुधबार

महाकालीमा पानीको बहाव घटेपछि शारदा व्यारेज खुल्यो, पानीको बहाव ९३ हजार क्युसेक पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahakali-pul copyमहेन्द्रनगर, १२ असार । वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको पानीको बहाव घटेपछि सीमा पुल शारदा व्यारेजको आवागमन आज बिहानदेखि खुला गरिएको छ ।

पानीको बहाव एक लाख क्युसेक मुनि पुगेपछि पुलको आवागमन खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पुल खुला भएपछि पैदल यात्रु र सवारी साधन सञ्चालनमा आएका छन् ।

आज बिहान ६ बजेर ३० मिनेट जाँदा गरिएको मापनअनुसार महाकाली नदीको बहाव ९३ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेपछि शुक्रबार बिहानदेखि पुलको आवागमनमा रोक लगाएको थियो ।