१८ कार्तिक २०८३, बुधबार

खेलकुद मन्त्रीको पद धरापमा, एमालेले दियो राजीनामा वा निर्णय सच्चाउन निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purushottam-Paudel

काठमाडौँ, ११ असार । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिको विषयलाई लिएर नेकपा एमालेका नेता एवं खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको पद धरापमा परेको छ ।

एमाले नेतृत्वले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री पौडेललाई आफूखुसी निर्णय सच्चाउन वा पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको छ ।

एमालेको नीति र निर्देशनानुसार कार्य नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले आलोचना गरेको बताइएको छ । मन्त्री पौडेलले बिहीबार राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिवमा केशव विष्टलाई नियुक्त गर्दा पार्टीसँग कुनै सल्लाह नगरेका कारण एमालेभित्र हलचल मच्चिएको छ ।

पार्टीबाट सरकारमा गएका कुनै पनि मन्त्रीले स्वेच्छाचारी ढङ्गले आफूखुसी राजनीतिक नियुक्ति गर्नु गलत भएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार, पार्टी केन्द्र र कार्यालय मन्त्री पौडेलको कामबाट सन्तुष्ट छैन ।