१८ कार्तिक २०८३, बुधबार

संविधानको मस्यौदा तयार, अब छिट्टै संविधान घोषणा गर्ने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, ११ असार । संविधान मस्यौदा कार्यदलले संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

कार्यदलले तयार गरेको मस्यौदा संविधानसभा मस्यौदा समितिको आज राति अबेर बसेको बैठकमा पेस गरिएको छ ।

उक्त मस्यौदा समितिका सदस्यलाई अध्ययनका लागि आज वितरण गरिएको छ । मस्यौदामाथि केन्द्रित रहेर भोलि बस्ने समितिको बैठकमा छलफल हुनेछ ।

दुई दिनको छलफलमा उठेका संविधानमा नसमेटी नहुने विषयलाई समावेश गरेर समितिले प्रारम्भिक मस्यौदाको प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।

मस्यौदालाई अन्तिम रुप दिएपछि समितिका सभापतिले संविधानसभामा छलफलका लागि सभामुखलाई बुझाउनु हुनेछ । सो प्रतिवेदन यही असार १४ गते बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ ।

प्रारम्भिक मस्यौदामा २९६ धारा ३७ भाग र सात अनुसूची रहेको बुझिएको छ । प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको भावनालाई समेटेर प्रारम्भिक मस्यौदा तयार गरिएको हो । समितिको बैठक भोलि सिंहदरबारमा बस्दैछ । रासस