काठमाडौँ, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत नैनबहादुर साउदले बढुवाका लागि पेस गरेको विहार इन्टरमिडिएट शिक्षा परिषद् पटना भारतबाट सन् १९९३ मा स्नातक तह उत्तीर्ण गरेको भनी प्रस्तुत गरेको प्रमाणपत्र नक्कली देखिएको अनुसन्धानबाट खुलेको हो ।
आयोगले प्रहरी निरीक्षक साउदविरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस















प्रतिक्रिया