– सुदीप अधिकारी
बर्दिया, ११ असार । शुक्रबार विहानै देखि परेको अविरल वर्षाका कारण बर्दियामा ७० बढी घर डुवानमा परेका छन् ।
जिल्लाको बासँगढी, ककौरा, धनौरा, सानोश्री, ताराताललगाएतका ठाउँका ७० बढी घर डुवानमा परेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिए ।
अत्याधिक वर्षाका कारण होचो ठाउँमा रहका घरहरु डुवानमा परेको बताइएको छ । डुवानमा परेका घरहरुमा आशिंक क्षती भएको प्रशासनले जनाएको छ । डुवान क्षेत्रहरुमा प्रहरीको टोली विहानदेखि नै खटिएको बताइएको छ । ककौरामा वर्षातको पानी भरिएर राजमार्गबाट छल्कीएको छ ।
लगातारको वर्षाका कारण कर्णाली र बबई नदीमा पनि पानीको सहत बढ्दै गएको छ । शुक्रबार दिउँसो ३ बजेसम्म कर्णालीमा पानीको सहत ६ दशमलव ९ मिटर पुगेको प्रशासनले जानकारी दिएको छ । कर्णाली नदीको पानीको सतह ९ मिटरमाथि पुगेपछि खतरा मानिन्छ । यसैगरी शुक्रबार मध्यान्नसम्म बबई नदीमा पानीको सतह ३ दशमलव ८० मिटर पुगेको बबई चेपागंका जेग रिडर मोहनलाल जैशीले जनकारी दिए ।
कुनैपनि बेला बाढी आउन सक्ने भन्दै प्रशासनले नदी किनारमा बासीन्दालाई उच्च सर्तकता अपनाउन अपिल गरेको छ । सेना, प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।















प्रतिक्रिया