७ कार्तिक २०८३, शनिबार

गुल्मीमा विद्युत आपूर्ति भन्दा लोडसेडिङ बढी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdi– अनिल खत्री
गुल्मी, ११ असार । गुल्मी जिल्लामा केहि महिना यता बिद्युत अनियमित हुदै आएको छ । दिनमा प्राय जसो ३ देखि ४ घण्टा सम्म बिद्युत अनियमिता हुँदासमेत यसबारे सम्बन्धीत निकायले चासो दिएको छैन ।

दैनिक जसो घण्टौं सम्म बिद्युत सेवा सुचारु नहुँदा बिद्युतबाट संञ्चालन हुने, संञ्चारमाध्यम, कलकारखाना, बैक तथा बिभिन्न बिद्युतिय माध्यमबाट संञ्चालन उद्योग हुने व्यावसाय मारमा परेका छन् ।

व्यवसायीहरुले दिनमा लामो समय सम्म बिद्युत नआउँनाले आफ्नो व्यावासायमा ठुलो घाटा बढ्दै गएको बताउँछन् । गुल्मीको सदरमुकाम तम्घासमा लिफटिङ्ग द्धारा खाने पानीको व्यावस्था गरिएको छ । लामो समय सम्म बिद्युत आपुर्ति नहुँदा खानेपानीमा समेत समस्या वढ्न थालेको छ ।

बिद्युत प्राधिकरण गुल्मीलाई सोध्दा पाल्पा र बुटवलबाट नआएको रेडिमेट उत्तर दिने स्थानिय व्यावसायी एबं लोकदोहोरी प्रतिष्ठान गुल्मीका सचिव जनक पन्तले गुनासो गरे । प्राधिकरणमा सोध्दा कति बेला आउँछ भन्ने निश्चित हुँदैन हामीले माग्ने प्रयास गर्दछौ यि र यस्तै जवाफ दिने बाहेक कुरा हुँदैन उनले थपे गुल्मीको बिजुलीको आउने जाने कुनै टुङ्गो छैन ।

बिजुली आउने जाने टुङ्गो नहुँदा बिभिन्न प्रशासनिक कामले नागरिता तथा एम आर पी बनाउन आउने सेवाग्रहीहरुले समयमा काम गर्न नपाएको बताउँछन् । सेवाग्रहीले बिद्युत नहुँदा चर्को मुल्य तिरेर भएपनी काम गर्नु परेको बताउँछन् । बिद्युत नहुँदा २ सयमा हुँने कामलाई ४ सय सम्म  तिुर्न पर्ने बाध्यतामा परेको सेवाग्रहीको गुनासो बढ्दै गएको छ ।

गुल्मी जिल्ला कालिगण्डकी जलबिद्युतबाट प्रभाबित क्षेत्र भन्दै लोडसेडिङ नगर्ने सहमति भएको छ । लोडसेडिङ्ग नगर्ने सहमति भएता पनी यहाँ बिद्युत नियमित रुपमा दिनमा ३ देखि ४ घण्टा सम्म सेवा सुचारु हुँदैन ।

विद्युत प्राधिकरण प्रमुख सुरेन्द्र चौधरीले भने फलामको पोल ढल्ले अबस्थामा रहेता पनी ढली नसकेको प्रतिक्रिया दिए । उनले अझै दुई चार वर्ष अझै चल्छ तर स्थानियले फेरिदिन आग्रह गरेका छन् समय मिलाएर मर्मत गर्ने बताए ।
भूकम्प र हावा हुरीले ग्रामीण भेगमा काठका धेरै पोलहरु भाचिएकाले प्राबिधिकहरु मर्मत व्यस्त भएकाले ढिलाई भएको भन्दै आफनो बचाउ गरे  ।